आज :

थाइल्याण्डका राजाले अंगरक्षकसँग गरे विवाह

काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नै अंग रक्षकसँग विवाह गरेका छन् ।

उनले आफ्नो राज्याभिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ वर्षिय उनले ४० वर्षिय महिलासँग तेस्रो विवाह गरेपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।

उनको शनिबार राज्याभिषेक हुँदैछ । राज्याभिषेक अगावै रानीको मान्यता दिन विवाह गरेको बताइएको छ । विवाह समारोहको दृश्य थाई टेलिभिजनले बुधबार बेलुका देखाएको अन्तर्राट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

६६ वर्षिय राजा वजिरालंगकर्ण सन् २०१६ मा पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि राजा भएका थिए । अहिले विहे गरेकी महिला भने वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको टिममा प्रवेश गरेकी थिइन् ।

सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छिन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका रहेकी थिइन् । उनीहरुबीच प्रेम रहे पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । राजा वजिरालंगकर्णको यसअघि ३ जनासँग विवाह भए पनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ । उनले तेस्री श्रीमतीसँग ५ वर्षअघि १३ वर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए । उनको पहिलो ३ विवाहबाट ७ जना सन्तानहरु रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal