आज :

साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख पुरस्कार

काठमाडौं । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

विराटनगरमा आज हुने फाइनलमा भारतसँग पराजित भएर नेपाल उपविजेता भएमा पनि प्रत्येक खेलाडीलाई नगद १ लाख दिने प्रदेश सरकारले जनाएको छ ।

नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइएको भन्दै आज बिहान रंगशाला अगाडि सर्वसाधारणले केहीबेर नाराबाजी गरेका छन् । तर आयोजकले आजका लागि बढाएको टिकट दर नघटाउने निर्णय गरेको छ ।

समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका थिए । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।

सुरुमा भीआईपीतर्फ ३ सय र साधारणतर्फ २ सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।

तर आज बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका थिए । तर अहिले समर्थकले ५ सय रुपैयाँ तिरेरै टिकट काटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal