आज :

आप्रवासीसम्बन्धी रणनीतिप्रति आक्रोशित ड्राइभरले विद्यार्थी सवार बस गरे अपहरण

काठमाडौं । इटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै अपहरण गरेका छन् ।

इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कुल बस ड्राइभरले अपहरण गरी दुर्घटनामा पारेका छन् । बसमा बन्धक बनाइएका बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्दार गरेको छ ।

बसका ड्राइभर इटालियन नागरिक भए पनि उनी सेनेगलबाट गएको बताइएको छ । अपहरणमा परेका बालबालिका कोही पनि गम्भीर घाइते भने भएका छैनन् ।

१४ जनालाई भने धुवाँले समस्या भएको छ । बस अपहरण गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए । मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले सबै बालबालिकालाई सफलतापूर्वक उद्धार गर्न सफल हुनेलाई अपूर्व बनेका छन् ।

बसमा रहेका एक शिक्षकले ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासीसम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित भएको बताए । भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए ।

ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal