आज :

कुवेतसँग नेपाल आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो ।

नेपाली राष्ट्रिय फुटबल टोली २ वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको छ । दोस्रो खेल आगामी मंगलबार हुनेछ । नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ-२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् ।

यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ । नेपाल र कुवेत १९ वर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५-० ले हराएको थियो ।

नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो । सन् १९८२ मा वाइबी घलेले कुवेत विरुद्ध गरेको गोल नै नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal