
काठमाडौं । भारत-पाकिस्तान तनाब बढीरहेकै बेला पाकिस्तानी लडाकू विमान भारत छिरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी २ लडाकु सेनाको विमान भारत छिरेको हो ।
सीमा क्षेत्र पार गरेर पाकिस्तानी लडाकु विमान भारत छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
भारतको जम्मु श्रीनगर र पठानकोटको विमानस्थलका सम्पूर्ण उडान रद्द गरिएको समाचारमा उल्लेख छ ।
जम्मु कश्रिमरको साथमा पञ्जाबको विमानस्थलका उडानहरु पनि रद्द गरिएको छ । पाकिस्तानी जेट फाइटर विमान लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेर भारत छिरेर फर्किएको छ ।
यसअघि मंगलबार बिहान भारतीय वायुसेनाको विमान पनि एलओसी पार गरेर पाकिस्तान छिरेको थियो ।
