News Portal

  • खैरो हेरोइनसहित ४ जना पक्राउ

    २१९ पटक

    कपिलबस्तु । अवैध लागूऔषध खैरो हेरोइनसहित कपिलवस्तुमा ४ जना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा ४ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा-९ का उदय सुनार रहेका छन् ।

    उनीहरुका साथबाट प्रहरीले ४ सय ३२ पुरिया ब्राउन सुगर र अन्य लागूऔषध बरामद गरेको छ । पक्राउ पर्ने चारै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्