News Portal

  • आज दिलबहादुर रम्तेलको स्मृति दिवस

    १७३४ पटक

    काठमाडौं । आज जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस । जनयुद्ध सुरु भएको १४ दिनपछि अर्थात २०५२ साल फागुन १४ गते तत्कालिन सुरक्षाफौजले रम्तेलको हत्या गरेका थिए ।

    माओवादीले पार्टीले जनयुद्धमा फागुन १४ देखि २१ सम्म सहिद सप्ताहको रुपमा मनाउन सुरु गरेक थियो । अहिले पनि औपचारिक कार्यक्रम गरेर माओवादी घटकहरुले रम्तेलको स्मृति दिवसको रुपमा मनाउँछन् ।

    साविकको गोरखा देउराली गाविस जराङ ३ का १० वर्षीय विद्यार्थी रम्तेल र २०२९ साल फागुन १९ गते झापा र इलामको बीचमा रहेको सुखानी जङ्गलमा हत्या गरिएको झापा विद्रोहका सहिदको सम्झनामा आज पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । सुखानी हत्याकाण्डमा कृष्ण कुईकेल, रामनाथ दाहाल, विरेन राजबंशी र नेत्र घिमिरेलाई सुखानी जंगलमा हत्या गरिएको थियो ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र उस निटक अखिल क्रान्तिकारीले देशभर विविध कार्यक्रम गरी सहिद सप्ताह मनाउँदैछ । त्यसैगरी क्रान्तिकारी माओवादी र (नेकपा) निकट अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि संयुक्त रुपमा रम्तेलको सम्झनामा कार्यक्रम आयोजना गरेको छ ।

    रम्तेलको स्मृतिमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन (नेकपा) का अध्यक्ष प्रचण्ड गोरखा जाने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्