वीरगंज । प्रहरी चौकी इनर्वाले आज लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षिय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज उनले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको हो ।
चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
इनर्वा प्रहरीले एक महिना यता ३३ किलो चरेशसहित ९ भारतीयलाई पक्राउ गरेको छ ।
