News Portal

सुरक्षा संवेदनशीलतामा ध्यान दिन मानवअधिकार आयोगको आग्रह

१९७ पटक

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई शुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ ।

आयोगका निमित्त सचिव तथा निर्देशक मुरारिप्रसाद खरेलले प्रेस विज्ञप्ति प्रकाशित गरी केही दिनअघि देशका विभिन्न ठाउँमा भएका बम विष्फोटका घटनाप्रति ध्यानाकर्षण भएको यस्ता घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको हो ।

विज्ञप्तिमा विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई क्षतिप“र्ति दिन र घाइतेको उपचारको ब्यवस्थापन गर्न पनि सरकारसँग माग गरिएको छ ।

गत शुक्रबार राति नख्खुमा रहेको एनसेलको कार्यालय परिसरमा भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

शुक्रबार राति र शनिबार जाजरकोट, बाग्लु, रुपन्देही, कपिलवस्तु पुर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका ठाउँमा पनि बम विष्फोट भएको थियो ।

प्रतिकृया दिनुहोस्