News Portal

  • सुनुवाई समितिको बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह

    २९४ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनुवाई समितिको मंगलबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई आग्रह गरेको छ ।

    आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप’ लगाएको हो ।

    कोरम नपुगेर बैठक नै नबस्ने अवस्था आएपछि सबै सांसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ । मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाई र अनुमोदन गर्ने तयारी रहको छ ।

    प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ । नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १–१ जना सांसद सदस्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस्