News Portal

आफ्नै ४ वर्षिय छोरीको हत्या गर्ने आमा पक्राउ

२२९ पटक

ताप्लेजुङ । फुङलिङ नगरपालिका २ रिजाललाइनमा कोठामा बस्ने मिक्वाखोला-१ खोक्लिङ घर भएकी ३२ वर्षिय पूजा चेम्जोङ लिम्बू आफ्नै छोरीको हत्या आरोपमा पक्राउ परेकी छिन् ।

उनले गएको फागुन १० गते आफ्नै ४ वर्षिय छोरीको कुटपीट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।

१० गते बिहान कुटपीटबाट घाइते भएकी बालिकालाई इलाम अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमै ज्यान गएको थियो । छोरीको हत्या गर्ने लिम्बूलाई प्रहरीले पक्राउ गरी कानुन बमोजिम कारबाही अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्