News Portal

कृषि राज्यमन्त्री चौधरीको विश्व खाद्य कार्यक्रमका डिपुटीइडीसँग भेटवार्ता

२१२ पटक

काठमाडौं । विश्व खाद्य कार्यक्रमको डिपुटीईडी र कृषि राज्य मन्त्री राम कुमारी चौधरी बिच भेटबार्ता भएको छ ।

रोम र कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरी नेतृत्वको टोली र विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को उप कार्यकारी निर्देशक अमीर महम्म अब्दुलाह बिच भेट बार्ता भएको हो ।

ईटली रोमस्थित विश्व खाद्य कार्यक्रमको केन्द्रिय कार्यलयमा भएको भेट बार्तामा मन्त्री चौधरीले डब्लुएफपीले नेपाल सरकारसँग पनि सहकार्य गरिरहेको उल्लेख गरिन् ।

खासगरि नेपालमा स्कुलका बच्चाहरुको खाना, बच्चा र आमाको स्वास्थ, सिचाइ ,खाद्य सुरक्षा, भुकम्पपछि वा बाढीपीडितहरुलाई गरेको सहयोग मनन् योग्य रहेको बताइन् ।

थप सहयोगको लागि अब्दुलाहलाई आग्रह गरेकी छिन् । सो अवसरमा उप कार्यकारी निर्देशकले नेपाललाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कृषि तथा पशुपंक्षी बिकास क्षेत्रमा नेपालससँग मिलेर थप कार्यक्रम संचालन गर्ने तथा हाल संचालनमा रहेको खाद्य अनुगमन प्रणालीलाई स्थानीय सरकार र प्रदेश सरकारसम्म सफल रुपमा कार्यन्वयन गर्न सहयोग गर्ने विषय बस्तुमा छलफल भएको थियो ।

उक्त अवसरमा एसिया क्षेत्रीय विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड काटरुडले नेपालको बारेमा नजिकबाट अध्ययन गरिरहेको र अब ५ वर्षे योजना बनाएर अगाडी बढने बताए ।

सो अवसरमा उप कार्यकारी निर्देशकले गत नोभेम्वरमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्री डा। युवराज खतिवडाको भ्रमण कृषि क्षेत्रको बिकासमा जोड दिएको कुरा सम्झना गराएको थियो । साथै अब्दुलाहले छिटै नेपाल भ्रमण गर्ने वचन पनि दिए ।

प्रतिकृया दिनुहोस्