News Portal

  • छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित ७ जना पक्राउ

    २१८ पटक

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित ७ जना जनालाई पक्राउ गरेको छ ।

    मंगलबार सुब्बाकुना चेकपोष्टमा चेकजाँचका छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजेतिर वीरेन्द्रनगर-११ को सुब्बा कुना चेकपोष्टमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ४ ख ४२१९ नं.को फोर्स गाडी सवार वीरेन्द्रनगर-९ का २३ वर्षिय किरण घलेलाई ३ ग्राम ४९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

    त्यस्तै राति ८ बजेतिर सोही ठाउँमा नेपालगञ्जबाट वीरेन्द्रनगर आउँदै गरेको भे १ ज ७८९ नम्वरको जीप चेकजाँचका क्रममा वीरेन्द्रनगर-१ कि १८ वर्षिय अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

    उनीसँगै वीरेन्द्रनगर-४ भैरवस्थानका २० वर्षिय सम्राट सापकोटा, वीरेन्द्रनगर-९ लाटीकोइलीका २३ वर्षिय अर्जुन खत्री, १९ वर्षिय कुमार महतारा, २० वर्षिय सागर सुनार र वीरेन्द्रनगर-१ कि दीपा कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस्