News Portal

बार्सिलोनाले २५ वटा प्रहार गरे पनि गोल गर्न सकेन

१७८ पटक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति भएका दुवै खेल बराबर भएको छ ।

राउण्ड अफ १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब लिभरपुललाई जर्मनीको बायर्न म्युनिखले गोलरहित बराबरीमा रोकेको हो ।

दोस्रो लेगको खेल आगामी मार्च १४ तारिख जर्मनीमा हुनेछ । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा स्पेनको बार्सिलोनालाई फ्रेन्च क्लब ओलम्पिक लियोंले गोलरहित बराबरीमा रोकेको छ ।

एकतर्फी खेलमा बार्सिलोनाले २५ वटा प्रहार गरे पनि गोल गर्न भने सकेन । च्याम्पियन्स लिग फुटबलमा आज राति पनि २ खेल हुने छ ।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडले आफ्नै मैदानमा ईटालीको युभेन्टससँग खेल्दा जर्मनीमा हुने खेलमा शाल्कासँग इंग्ल्यान्डको म्यान्चेस्टर सिटी भिड्ने भएको छ ।

प्रतिकृया दिनुहोस्