पर्वत । विहादी गाउँपालिका-५ उराममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
ध १ च ३१५ नं.को ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीय पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो ।
नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
त्यस्तै एक वृद्धले प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गरेका छन् स
बिहादी गाउँपालिका-१ बाच्छाका भोलानाथ शर्माले भवन बनाउन जग्गा उपलब्ध गराएका हुन् । साविक बाच्छा गाविसका पूर्वगाविस अध्यक्ष शर्माले ७ आना ३ पैसा २ दाम जग्गा दान गरेका हुन् ।
भने जिल्ला प्रहरी कार्यालयल पर्वतले २ विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।
पढाइमा जेहेन्दार कुश्माको नारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अमिन खड्का र शिवालय बहुमुखी क्याम्पसमा अध्ययनरत विनोद परियारलाई ५-५ हजार सहयोग गरिएको प्रहरीको भनाई छ ।
