News Portal

शनिबार ‘पिंकाथन’ तेस्रो संस्करण हुने

१९३ पटक

काठमाडौं । ‘पिंकाथन’ काठमाडौंको तेस्रो संस्करण यही शनिबार हुने भएको छ ।

महिला सशक्तिकरण र स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले लेजर पोर्ट नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमले साथ दिएको छ ।

प्रहरी मुख्यालय नक्सालमा बिहान साढे ६ बजे कार्यक्रम सुरु हुनेछ । बलिउड सुपरमोडेल, नायक तथा फिटनेस आइकन मिलिन्द सोमनको अभियान पिंकाथनमा ४ विधामा महिलाहरुको दौड हुनेछ ।

हाफ म्याराथन, १० किलोमिटर र ५ किलोमिटर दूरीका विजेताहरुले नगद पुरस्कार र मेडल पाउने छन् भने ३ किलोमिटरमा सहभागी सबै सहभागीहरुले मेडल पाउने छन् ।

अहिलेसम्म १७ सय भन्दा बढीले सहभागिताका लागि फर्म भरेको आयोजकको दाबी छ । सन् २०१२ मा पहिलो पटक भारतको मुम्बइमा भएको पिंकाथन अहिले नेपाल बाहेक भारतका ८ सहरमा भइरहेको छ ।

पिंकाथनको पहिलो अन्तर्राष्ट्रिय संस्करण भने नेपाल नै हो । यसका लागि मिलिन्द सोमन बिहीबार काठमाडौं आउदै छन् ।

प्रतिकृया दिनुहोस्