News Portal

बेलायती रक्षा राज्यमन्त्री ४ दिवसीय भ्रमणमा नेपाल आउदै

२३७ पटक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपाल आउने भएका छन् ।

उनी नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले नेपालको ४ दिवसीय भ्रमणमा बुधबार राजधानी आउने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको बेलायती राजदूतवासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्