
चितवन । आज राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूलसमारोह समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले शहीदले पर्याएको योगदानको चर्चा गरे ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न चरणमा भएका आन्दोलनले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै विकास, रोजगार र सुशासनमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छिन् ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको भन्दै अब आर्थिक सामाजिक रूपान्तरणमा लाग्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तेजेन्द्र खड्काले शहीदले पुर्याएको योगदानको चर्चा गरे ।
सो अवसरमा आज बिहान चौबिसकोठीबाट समन्वय समितिको कार्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो भने आजै रक्तदान कार्यक्रमसमेत गरिएको छ ।
