
धरान । धरान उपमहानगरपालिकाले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत रूपमा सरसफाइ गरेर मनाएको छ ।
हिजो, आज र भोलि गरी ३ दिनसम्म उपमहानगरभित्रको कोशी राजमार्ग सफाइ गरिने छ ।
संघ तथा प्रदेश सरकारको निर्णय अनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको थियो ।
सरसफाइमा उपमहानगरका कर्मचारी, जनप्रतिनिधिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसँगै धरानका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थिायो ।
