News Portal

न्यायाधीश जोशीद्वारा राजीनामा

१५० पटक

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादकाबीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उनको कार्यकाल आगामी जेठसम्म थियो ।

प्रतिकृया दिनुहोस्