News Portal

नेकपा सचिवालयको बैठक बस्दै

२३९ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।

एकता प्रक्रिया टुंगो लगाउन पटक-पटक कार्यदल गठन गरेर गृहकार्य गर्दासमेत सफल नभएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आफैले प्रस्ताव तयार पारेर अग्रसरता लिएका छन् ।

अध्यक्षद्वयले तयार पारेको एकताको प्रस्तावलाई सर्वसम्मत बनाउने पहल नेकपाले गरेको छ । अध्यक्षद्वयले सहमतिको प्रयास गरिरहँदा सचिवालयका कतिपय नेता भने असन्तुष्ट रहेका छन् ।

कार्यदलले बुझाएको प्रतिवेदनमाथि पहिले सचिवालयमा छलफल भएपछि मात्रै अन्य प्रक्रिया थाल्नुपर्ने उनीहरुको धारणा छ ।

तिवेदनमाथि पहिले सचिवालयमा छलफल भएपछि मात्रै अन्य प्रक्रिया थाल्नुपर्ने उनीहरुको धारणा छ ।

प्रतिकृया दिनुहोस्