आज :

कुल ४ अंकका साथ डीपीएलमा महेन्द्रनगरको पहिलो जित

धनगढी । महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ भने कुल ४ अंक पुगेको छ ।

अत्तरियाले टस जितेर मैदान भिजेका कारण ६-६ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाई ५४ रन बनाएकोमा महेन्द्रनगर युनाइटेडले २ बल अगाडि लक्ष्य पुरा गरेको हो ।

महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर ५ र मोहम्मद नाभेद ६ रनमा आउट भए, आरिफ शेख १५ र कुशल मल्ल ६ रनमा अविजित रहे, बलिङतर्फ अत्तरियाका भुवन कार्कीले २ तथा दीपेन्द्र रावत १ विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाका विदेशी खेलाडी सन्नी पटेलले ११ बलमा १९, जयकसिन कोल्सावालाले ६ बलमा ७, कप्तान दीपेन्द्रसिंह ऐरीले ७ बलमा १० रन बनाए ।

महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २-२ विकेट लिए, कप्तान शरद भेषावकरले १ विकेट लिए ।

गत बिहीबार अपरान्हदेखि परेको पानीले भिजेको फाप्ला मैदानले शनिबारका दुवै खेल रद्द भएको थियो । शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच तथा धनगढी स्टार्स र महेन्द्रनगरबीचको खेल रद्द भएको थियो ।

खेल रद्द भएसँगै यी चारै टोलीलाई १-१ अंक दिइएको थियो । खेल नभएर अंक बाँड्दा २ पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal