News Portal

  • मनकामना केबलकारमा चट्याङले गर्यो क्षति, आइतबार सञ्चालन नहुने

    १९४ पटक

    काठमाडौं । चट्याङले क्षति पुर्याएपछि मनकामना केबलकार आइतबार सञ्चालन हुने छैन ।

    शनिवार साँझ ७ बजे परेको चट्याङले केबलकारमा क्षति पुगेकाले एक दिन बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    केबलकार आइतबार मर्र्मतपछि सोमबारदेखि सञ्चालन हुने जनाइएको छ । केबलकार बन्द हुँदा मनकामना दर्शनका लागि आउने दर्शनार्थीलाई असहज हुने छ ।

    गोरखा मनकामना मन्दिरको दर्शन गर्न दैनिक हजारौँ दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् ।

    प्रतिकृया दिनुहोस्