News Portal

मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी, आज राति रियाल मड्रिड र जिरोना भिड्ने

३६६ पटक

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १-० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।

४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका मेस्सीले अर्को एउटा पेनाल्टी अवसर भने खेर फालेका थिए । जितपछि २४ खेलबाट ५४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको पकड झनै मजबुत पारेको छ ।

ला लिगा फुटबलकै अर्को खेलमा रायो भाएकानोलाई १-० ले हराउदा एथ्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएका अन्य खेलमा लेभान्तेले सेल्टा भिगोलाई ४-१ ले हराउँदा रियाल सोसिडाडले लेगानेजमाथि ३-० को जित निकाल्यो ।

आईतबार र गेटाफेले भने २-२ गोलको बराबरी खेले । स्पेनिस लिग फुटबलमा आज राति रियाल मड्रिड र जिरोना भिड्ने छन् ।

प्रतिकृया दिनुहोस्