News Portal

  • अपहरणको नाटक गर्ने ३ जना पक्राउ

    २४५ पटक

    काठमाडौं । जनकपुरमा आफ्नै अपहरण भएको नाटक रचेर अभिभावकसँग पैसा ठग्ने ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीका २२ वर्षिय अजयकुमार साह र उनका साथीहरु समसाद नदाफ र रौतहट गढीमाईका अरबिन्द यादव रहेका छन् ।

    अजयले साथीसँग मिलेर अपहरणको नाटक गर्दै अभिभावकसँग १५ लाख ठग्ने कोशिस गर्दा प्रहरीको फन्दामा परेका हुन् ।

    साथीको जन्मदिन पार्टीमा गएका अजय अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नू भनेर अजयका अभिभावकलाई अरविन्दले फोन गरेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

    ५ लाख फिरौती दिनेमा सहमति भएपछि काठमाडौंमा लुकेर बसेका तीनैजना बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको जाँचबुझका क्रममा घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    मुख्य योजनाकार साहले मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानबिनमा खुल्न आएको छ । पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हितसम्बन्धी मुद्दा लगाएर छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

    प्रतिकृया दिनुहोस्