News Portal

योजना कार्यान्वयनमा धनगढी उप-महानगरपालिका देशकै उत्कृष्ट

१९३ पटक

कैलाली । नगर विकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा कैलालीको धनगढी उप-महानगरपालिका देशकै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनमा उत्कष्ट भएको हो ।

नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप-महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप-महानगरपालिकाका प्रमुख नृप बहादुर वडलाई सम्मान पत्र प्रदान गरिएको छ । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले उप-महानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरे ।

प्रतिकृया दिनुहोस्