News Portal

  • चट्याङ लागेर २ जना घाइते

    २६४ पटक

    काठमाडौं । आज बिहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८पारिफाँटामा चट्याङ लागेर आमाछोरा घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षिय छोरा दिपेश खत्री घाइते भएका छन् ।

    घाइते दुबैको झलारी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ ।

    घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैँसीको मृत्युसमेत भएको छ ।

    चट्याङबाट घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ पूरै जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्