News Portal

सुनसहित पक्राउ परेका २ जनालाई कोहलपुर ल्याइयो

१६० पटक

काठमाडौं । २३ किलो ६ सय ग्राम सुनसहित पक्राउ परेका २ जनालाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुर ल्याइएको छ ।

कञ्चनपुरबाट हिजो १८ किलो सुनसहित लक्ष्मण तिरुवा र सुरज तिरुवालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा गएराति थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पुनर्वास नगरपालिका-२ दशरथ बस्ती र शुक्लाफाँटा ११ अमरबस्तीमा गरी २३ किलो ६ सय ग्राम अवैध सुन बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका तिरुवाको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका-११ स्थित उनका दाजुु लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद भएको हो ।

अवैध रुपमा बरामद गरिएको सुनसहित पक्राउ परेका सुरज र लक्ष्मण तिरुवालाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुर पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्