News Portal

७८ लाख रुपैयाँ घुस लिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा

२१५ पटक

काठमाडौं । भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । केही समय अघि राजीनामा बोकेर उनी आफै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको थियो । महाअभियोग लगाउन नेकपाका सांसदले हस्ताक्षर संकलन सुरु गरिसकेका थिए ।

उनले घुस लिएको स्वीकार गरेको भिडियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलेसमेत पाएपछि उनीविरुद्ध महाअभियोग लगाउने तयारी भएको थियो ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवाद सल्टाउन आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

प्रतिकृया दिनुहोस्