News Portal

युरोपा लिग फुटबलमा आर्सनल पराजित हुँदा चेल्सी विजयी

३३३ पटक

काठमाडौं । युरोपा लिग फुटबलमा इङ्लिस क्लब चेल्सी विजयी भएको छ ।

आर्सनल पराजित हुँदा गएराति भएको नकआउट चरणको पहिलो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई २-१ ले हरायो ।

चेल्सीका लागि ओलिभर जिरु र रोस बार्कलेले १-१ गोल गरे । गत आइतबार भएको प्रिमियर लिगको खेलमा म्यान्चेस्टर सिटीसँग ६-० ले हारेको चेल्सीलाई गएरातिको जितपछि केही राहत मिलेको छ ।

युरोपा लिगमा गएराति आर्सनललाई भने बेलारुसको बाते बोरिसोभले १-० ले पराजित गरेको हो । खेलमा आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

युरोपा लिग फुटबलकै अन्य खेलमा स्पेनको सेभियाले इटालीको लाजियोलाई १-० ले हराउँदा भ्यालेन्सियाले सेल्टिकमाथि २-० को तथा भियारियालले स्पोर्टिङमाथि १-० को जित निकाल्यो ।

यसैगरी ईटालीको नापोलीले स्विट्जरल्याण्डको एफ.सी.ज्यूरिचलाई ३-१ ले हराउँदा ईन्टर मिलानले अस्ट्रियाको र्यापिड वेईनलाई १-० ले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस्