News Portal

अवैध १८ किलो सुन बरामद, एक जना पक्राउ

१९९ पटक

कञ्चनपुर । पुनर्बास नगरपालिका-२ दशरथ बस्तीबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज (बिहीबार) बिहान १८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पुनर्बास नगरपालिका-२ दशरथ बस्तीमा एक स्थानीयको घरमा लुकाइ राखेको अवस्थामा १ सय ८ टुक्रा (बिस्कुट) सुन बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदीप गिरीले बताए ।

सुनसँगै एकजना स्थानीय पनि पक्राउ परेका छन् । सुन तस्करीमा अन्यको पनि संलग्नता हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।

भारतबाट नेपालतर्फ तस्करी भइरहेको सूचनाका आधारमा सिआईबीले उक्त सुन बरामद गरेको हो ।

प्रतिकृया दिनुहोस्