News Portal

होटलमा आगलागी, कम्तीमा १७ जनाको मृत्यु

१९९ पटक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन् । होटल अर्पित प्यालेसमा बिहान करिब साढे ४ बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो ।

उद्धारकर्मीले होटलबाट ३५ जनाभन्दा बढीलाई सुरक्षित रुपमा बाहिर निकालेका थिए । आगलागीमा परी केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिकृया दिनुहोस्