News Portal

ट्याक्टर पल्टिँदा चालकको मृत्यु, २ जना घाइते

१९३ पटक

इलाम । देउमाई नगरपालिकामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मेची राजमार्गमा पर्ने देउमाई नगरपालिका-१ देउरालीमा आइतबार विहान दुर्घटना भएको हो । दुर्घटनामा परी अन्दाजी २६ वर्षका चालक सुमन गुरुङको मृत्यु भएको हो ।

देउमाई-२ का गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार को १ त ४२६७ नं.को ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर झरेको हो ।

घटनामा इलाम नगरपालिका ८ का १५ वर्षिय लीला आचार्य र ताप्लेजुङका १७ वर्षिय रविन शंकर घाइते भएका छन् । घाइते दुवैको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापाको मनमोहन अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्