News Portal

३६० किलो चरेससहित ३ जना गजुरीबाट पक्राउ

१९१ पटक

धादिङ । गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको प्रहरीको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको हो ।

भारत मोतीहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत लैजान लागेको अवस्थामा चरेश नियन्त्रणमा लिइएको हो । प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २३५ केजी चरेस बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस्