News Portal

  • बुटवलमा महिला संघको बृहत प्रदर्शन

    ३४८ पटक

    बुटवल । आज सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेस निकट नेपाल महिला संघका महिलाले प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिसुरक्षा, महिला तथा बालबालिका माथि भएका हिंसाका घटनामा चासो नदेखाएको भन्दै संघले सडकबाटै राजीनामा माग गरेको हो ।

    दण्डहीनतालाई प्रश्रय दिएको, निर्मला हत्याकाण्डबारे गम्भीर नभएको, दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको, महिला तथा बालबालिका हिंसाबारे गम्भीर नभएको जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विरोध प्रदर्शन गरेको छ ।

    बुटवल राजमार्ग चौराहाबाट शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेको विरोध प्रदर्शनमा सहभागीहरुले निर्मालालाई न्याय दे, दोषीलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्