News Portal

मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु

२१७ पटक

धनकुटा । मोटरसाइलक सिक्ने क्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

धनकुटको चौबिसे गाउँपालिका-८ मासिङटारमा बिहीवार मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

हिजो अपरान्ह ४ बजेको समयमा भित्री सडक खण्डमा को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा २४ वर्षिय मिलन कार्की घाइते भएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते कार्कीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्