News Portal

कोपा डेल रे को सेमिफाइनल लेगमा बेटिस र भ्यालेन्सिया बराबरी

२६९ पटक

काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा रियल बेटिस र भ्यालेन्सियाले बराबरी खेलेका छन् ।

निकै रोमाञ्चक खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका हुन् । सेभियामा भएको खेलमा रियल बेटिसले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

रोमाञ्चक खेलको ४५ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा जोक्विनले रियल बेटिसको अन्तर २-० मा पुर्याए ।

२ गोलले पछि परेको भ्यालेन्सियाले अन्तिम २५ मिनेटभित्रमा उत्कृष्ट कमब्याक गर्दै २ गोल फर्काउन सफल भएको थियो ।

७० औं मिनेटमा चेरसेचले गोल गरे भने खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जामेरियोले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए ।

दोस्रो लेगमा हुने जित हारले फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यसअघि पहिलो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र बार्सिलोनाले पनि १-१ गोलको बराबरी खेलेका थिए ।

प्रतिकृया दिनुहोस्