News Portal

आलुको बिउ किन्न गएका गुरुङ मृत भेटिए

१२५ पटक

इलाम । सन्दकपुरमा आज (बिहीबार) एकजना पुरुषको शव भटिएको छ ।

फेला परेको शव इलाम नगरपालिका, वडा नम्बर ३ घर भएका बेलबहादुर गुरुङको रहेको खुलेको छ ।

मृतक बेलबहादुर मंगलबार घरबाट आलुको बीउ लिन भनेर सन्दकपुर गाउँपालिका गएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी बिहीबारसम्म घर फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा सन्दकपुर गाउँपालिका-१ को अप्ठ्यारोखोप भन्ने भीरबाट करिब ६० मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

५४ वर्षिय गुरुङको शवलाई इलाका प्रहरी कार्यलय मंगलबारेबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरेर बिहीबार पोष्टमार्टमका लागि इलाम अस्पताल पठाएकोे छ ।

प्रतिकृया दिनुहोस्