News Portal

  • अमेरिकाको मानवीय सहायता राष्ट्रपति मादुरोद्धारा अस्वीकार

    २५७ पटक

    काठमाडौं । संकटग्रस्त मुलुक भेनेजुएलामा अमेरिकाले मानवीय सहायता पठाउने भएको छ ।

    भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी सहायता अस्वीकार गरे पनि स्वघोषित अन्तरिम राष्ट्रपति हुवा गुआईडोले भने स्वागत गरेका छन् ।

    अमेरिकाले मानवीय सहायता पठाउनु सैन्य हस्तक्षेपको पुर्व-अभ्यास भएको मादुरोको विश्लेषण छ ।

    विपक्षी नेता गुआईडोले भने संकटको सामना गर्न अमेरिकी सहायता स्वीकार्ने बताएका छन् । भेनेजुएलाको कुनै पनि भू : भागमा गुआईडोको नियन्त्रण छैन ।

    त्यसैले भेनेजुएलाका नागरिक पलायन भएर शरणार्थी बनेका छिमेकी मुलुकहरुमा सहयोग केन्द्रमार्फत सहायता उपलब्ध गराउने अमेरिकी तयारी बताइएको छ ।

    प्रतिकृया दिनुहोस्