News Portal

  • नेकपा सचिवालयको बैठक बस्दै

    ३१० पटक

    काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने छ ।

    स्थायी कमिटी बैठक बसेको झन्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो । गत मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलभित्रै विवाद भएपछि एकीकरणका बाँकी काम सचिवालयले नै टुंग्याउने भएको छ ।
    बैठकमा पार्टी एकीकरणको बाँकी कामलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्