News Portal

नेपाल बैंकको १ अर्ब ६६ करोड नाफा

१९४ पटक

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।

बैंकले खुद ब्याज आम्दानी ३ अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको ६ महीनामा २ अर्ब ९४ करोड ३ लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३३ रहेको छ ।

प्रतिकृया दिनुहोस्