News Portal

राजदूत नियुक्तिसँगै, राष्ट्र प्रमुखबाट पहिलो पटक शपथ

१७३ पटक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन् ।

आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराईन् ।

मन्त्रिपरिषदको हालैको निर्णयअनुसार राष्ट्रअध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन् । नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलो पटक शपथ गराइएको हो ।

राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्