News Portal

  • चापकोबोटबाट १२ जना जुवाडे पक्राउ

    १३७ पटक

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट ८१ हजार ८०० सहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    शङ्खरापुर नगरपालिका-१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौँ शङ्खरापुर-१ बस्ने ५१ वर्षिय खड्कबहादुर भुजेल, सोही ठाउँका ४६ वर्षिय सीताराम रिमाल, ५७ वषिय बखान तामाङ, ५२ वर्षिय बुदे लामा, ६६ वर्षिय हेमबहादुर वास्तकोटीलगायत रहेको छन् ।

    पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको तथा प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्