News Portal

स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी

३११ पटक

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदान नुओ क्याम्पमा भएको खेलको ३२ मिनेटभित्र बार्सिलोना २-० ले पछि पर्यो । भ्यालेन्सियाका लागि केभिन गामेइरो र ड्यानिएल पारेयाले सुरुवाती दुई गोल गरेका थिए ।

यसपछि बार्सिलोनाका लियोनल मेस्सीले दुई गोल गर्दै खेल बराबरी गरेका हुन् । गएरातिको बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक छ । उसले आजराति रियाल बेटिससँग खेल्नेछ ।

गएराति भएका अन्य खेलमा रियाल सोसिडाडले एथ्लेटिक बिल्बाओलाई २-१ ले हराउँदा सेल्टा भिगोले सेभियालाई १-० ले हरायो । लेभान्ते र गेटाफेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

प्रतिकृया दिनुहोस्