News Portal

  • सशस्त्र प्रहरी र तस्करबीच गोली चल्यो, गाँजासहित ३ जना पक्राउ

    १६७ पटक

    सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ ।

    गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो ।

    प्रहरीमाथि २ राउन्ड गोली चलाएपछि आफूहरुले पनि १ राउन्ड फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं. गणले जनाएको छ ।

    सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० किलो गाँजासमेत बरामद गरिएको छ ।

    पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय रहेका छन् ।

    तस्करीमा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै प्रहरीले सर्लाहीको हरिवनबाट ५० किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका-११ बासाटोलबाट ज.१ ज. ३४४ नं.को म्याजिक भ्यानमा गाँजा लिएर जाँदै गरेका घुर्कौलीका २९ वर्षिय राशलाल महतोलाई पक्राउ गरेको हो ।

    प्रतिकृया दिनुहोस्