News Portal

  • ट्रम्पले तोडे सितयुद्धको आईएनएफ सन्धीः परमाणु हतियार बन्ने खतरा

    १९४ पटक

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धि तोडेको घोषणा गरेको छन् । उनले रुसले सम्झौताको पालना नगरेको बताउँदै कुनै महत्व नभएको समेत बताए ।

    तत्कालिन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभको पालामा सन् १९८७ उक्त सन्धी भएको थियो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गरेका थिए ।

    जमिनबाट मार हान्ने मध्यम दूरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्न आईएनएफ सन्धी भएको थियो । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का लागेको छ । लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्त्यमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गरिदिएको बीबीसीले जनाएको छ ।

    रुसले वर्षौंसम्म यो सन्धिको उल्लंघन गरेर अमेरिका र यूरोपको सुुरक्षालाई संकटमा पारेको अमेरिकाको आरोप छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरुले सन्धिको पालना गरिरहे पनि अर्को पक्षले पालना नगरेकाले सन्धि स्थगित गरिएको बताए । उनले जबसम्म दोस्रो पक्षले सन्धिको पालना गर्दैन तबसम्म आफूहरुले पनि नगर्ने स्पष्ट पारे । उनले अब सबै पक्षले पालना गर्ने खालको सन्धि आवश्यक रहेकोमा जोड दिएका छन् । अमेरिकाले सन्धि तोडेको निर्णयमा नेटोले पनि समर्थन गरेको छ ।

    उता रुसले भने अमेरिकाको निर्णयको निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताको हनन् भएको बताएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले अमेरिकाले कुनै प्रमाण विना रुसलाई आरोप मात्र लगाएको बताए । उनले अमेरिकी आरोप आधारहीन भएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्