News Portal

  • एकैसाथ ४ जना किशोरहरु बेपत्ता

    १७० पटक

    चितवन । ९ दिनदेखि बेपत्ता भएका ४ जना किशोरहरु अझै फेला परेका छैनन् ।

    भरतपुर महानगरपालिका-११ का ती किशोरहरु १२ देखि १५ वर्ष उमेरका रहेका छन् ।

    सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल नामका उनीहरु दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् भने सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दै आएका छन् ।

    बेपत्ता उनीहरुको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेकोे छ । प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ ।

    अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाईका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्