
दाङ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताएका छन् ।
शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्न सरकार क्रियाशील रहेको बताएका हुन् ।
‘मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ । त्यसले देशमा नयाँ वातावरण बनाउनेछ’ प्रधानमन्त्रीले भने ।
यसअघि आजै प्रधानमन्त्री दाहाल बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा पुगेका थिए ।