Dabali News

पत्रकार देवकोटामाथि बस व्यवसायी समितिको आक्रमण, अवस्था गम्भीर, टाउको र अाँखामा चोट

काठमाडौँ । पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् । देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको...बाँकी

नाम्खा गाउँपालिकालाई चीनले ३ लाख युआन बराबरको सहयोग गर्यो

हुम्ला । उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले ३ लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ । चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । आफ्ना...बाँकी

मेक्सिकाली पुरुषलाई घातक सुई लगाएर मृत्युदन्ड

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एक जना मेक्सिकाली पुरुषलाई मृत्युदन्ड दिइएको छ । स्थानीय अधिकारीहरुले ६४ वर्षिय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदन्ड दिइएको जनाएका छन्...बाँकी

१३ वर्षिय बालिका हत्यामा संलग्न २ अभियुक्त सार्वजनिक

गाईघाट । १३ वर्षिय बालिका एन्जिना खड्काको हत्यामा संलग्न २ अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-३ लाफागाउँमा बाख्रा चराउन गएकी बालिकाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी...बाँकी

पुष्पलाल चोकमा बम राखिएको शंका, सो स्थानमा प्रहरीको घेराबन्दी

नेपालगञ्ज । नेपालगञ्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव उत्पन्न भएको छ । प्लास्टिकको झोलामा शंकास्पद बस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेको...बाँकी

देवकोटा जयन्ती

काठमाडौं । साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११० औँ जन्मजयन्ती मनाइएको छ । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम सुन्दरमको जीवन जिउनुपर्छ भनेका छन् । साहित्यकार राम विनयले संयोजन गरेको...बाँकी

यस वर्षको पहिलो याममा ९ नाउर र ५ झारलको शिकार

काठमाडौं । ढोरपाटन शिकार आरक्षमा ९ नाउर र ५ झारलको शिकार गर्न खोलिएको छ । विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य मानिएको आरक्षमा यस वर्षको पहिलो यामको शिकार चलिरहेको आरक्ष कार्यालयले जनाएको छ । यस वर्ष...बाँकी

लिफ्टसहितको नयाँ धरहरा निर्माण कार्य शुरु

काठमाडौं । भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम शुरु भएको छ । २ वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ...बाँकी

श्रम अधिकारीको बैठक शुरू, बैठकमा काठमाडौं घोषणापत्र जारी हुने

काठमाडौं । बैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक काठमाडौंमा शुरू भएको छ । शुक्रबार मन्त्रिस्तरीय बैठक हुनेछ । बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन्...बाँकी

पत्रकार महासंघ कास्की शाखाले मिडिया हाउसको अनुगमन गर्दै

काठमाडौं । नेपाल पत्रकार महासंघ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले मिडिया हाउसमा अनुगमन थालेको हो । कास्कीका...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]