Dabali News

भोलिको नेपाल बन्दप्रति माओवादी केन्द्रको एक्येवद्धता, किरातीले गरे यस्तो अपील

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलिको लागि आह्वान गरेको नेपाल बन्दप्रति माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समूहले समर्थन गरेको छ । पार्टी निकट युवा संठनको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले नेपाल...बाँकी

जनस्वयंसेवकको सम्‍मेलन सम्पन्‍न, अध्यक्षमा बाबुराम निर्वाचित, गिरफ्तारीको बदला लिने पहिलो निर्णय

काठमाडौं । राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्‍न भएको छ । प्रहरी धरपकड र गिरफ्तारीबीच सम्पन्‍न सम्मेलनले बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यी नयाँ नेतृत्व चयन गरेको छ । प्रहरी हस्तक्षेपका कारण पूर्वनिर्धारित-घोषित समय र ठाउँमा...बाँकी

विप्लव अाक्रामक, भोलि नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि (मंगलबार) नेपाल बन्दको अाह्वान गरेको छ । सरकारले अाइतबार  पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले बन्दको अाह्वान गरेको हो...बाँकी

धरपकड र गिरफ्तारबीच जनस्वयंसेवकको बन्दसत्र सुरु, ओली सरकारविरुद्ध प्रतिरोधको योजना

सुनसरी । प्रहरी धरपकड र गिरफ्तारीबीच राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ । शान्‍तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि पूर्व निर्धारित समय र ठाउँमा सम्मेलन सुरु हुन सकेन । नेपाल कम्युनिस्ट पार्टीको युवा...बाँकी

 प्रधानमन्त्रीको अाजः विहानै नेकपामाथि दमन गर्न अादेश, साँझ बालुवाटार सराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार सरेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छोडेपछि नयाँ प्रधानमन्त्रीको रुपमा ओली दोस्रो पटक बालुवाटार छिरेका हुन् । प्रधानमन्‍त्रीको सपथ खाएको चार दिनपछि ओली अाइतबार साँझ बालुवाटार सरेका...बाँकी

विप्लवले भने- ओली सरकारको दिनगन्ती सुरु, फागुन ८ गते नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको...बाँकी

केपीको राज्य अातंक सुरु भो, समर्थन फिर्ता लिनुहोस्ः किराती

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन अायोजक समूहका संयोजक गोपाल किरातीले राष्ट्रिय युवा जनस्वयमसेवकको कार्यक्रममाथि प्रहरी हस्तक्षेपविरुद्ध अापत्ति जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनमाथि प्रहरीले गरेको हस्तक्षप र गिरफ्तारीप्रति किरातीले विरोध जनाएका छन् ।...बाँकी

सुदर्शनलाई गिरफ्तार गरेपछि नेकपाको कडा चेतावनी, उत्पन्न परिस्थितिको जिम्मेवार सरकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्यूरो सदस्य पदम राईसहित आधा दर्जन नेताहरुलाई प्रहरीले गिरफ्ताप्रति कडा आपत्ति जनाएको छ । पार्टी प्रबक्ता प्रकाण्डले शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि प्रहरी प्रशासनले गरेको...बाँकी

प्रधानमन्त्री ओलीको निर्देशनमा हेमन्त ओली गिरफ्तार, रिहा नगरे गाउँगाउँबाट एमालेका नेता लखेट्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरील्े गिरफ्तार गरेको छ । पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सहभागी भइरहेको बेला प्रहरीले नेता सुदर्शनसहित पोलिट्ब्यूरो सदस्य पदम राईसहित...बाँकी

अध्यक्ष दाहाल संसदीय दलका नेतामा सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । माओवादी केन्द्र संसदीय दलको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले बताईन् ।...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]